बर्दियामा मतगणना १० बजेदेखि हुने

बर्दिया । प्रतिनिधि सभा र प्रदेश सभाको आज भएको निर्वाचनमा बर्दिया जिल्लामा केही छिटपुट घटना बाहेक समग्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ। बर्दियाको केही मतदान वरपर विस्पोटक पदार्थ भेटिएको थियो।

खैरापुरमा रहेको शम्भुशरण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बम विष्फोट हुँदा केही समय मतदान प्रक्रिया स्थगित भए पनि केहीबेर लगत्तै सर्वदलीय बैठक बसेर मतदान पुनः सुरुवात गरिएको थियो। समग्रमा बर्दिया जिल्लामा ६२।४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।

अहिले मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा लगिँदै छ। बर्दियामा २ वटा निर्वाचन क्षेत्र रहेका छन्। १ नम्बरको मत ग्रणना निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम गुलरिया र २ नम्बरको क्षेत्रको ग्रणना निर्वाचन अधिकृतको कार्यालय राजापुरमा गरिने भएको छ।

मत गणना स्थलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। भोली बिहान ८ बजे राजनैतिक दलको बैठक बसेर बिहान १० बजे देखि दुवै क्षेत्रको मत ग्रणना सुरु गरिने गरी तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया