वीरेन्द्रनगरले बनाउदै महिला तथा बालबालिका अस्पताल, प्रमुख ढकालले गरिन शिलान्यास

सुर्खेत । वीरेन्दनगर नगरपालिकाले नगर अस्पताल परिसरमा महिला र बालकालिकाका लागि पाँच शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरेको छ। नगरप्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले अस्पतालको शिलान्यास गरेका हुन्।

नगरपालिकाले सञ्चालन गरेको ब्याक टु लाइफ संस्थाको ६ करोड रुपैंया सहयोगमा अस्पताल निर्माण सुरु गरिएको छ। १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको नगरप्रमुख ढकालले जानकारी दिइन्। भवन निर्माणपछि बाल र स्त्री रोग विशेषज्ञ सहितको टोलीले नियमित उपचार सेवा प्रदान गर्ने ढकालले बताइन्।

ढकाल निर्वाचित हुने वबत्तिकै नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गरेकि थिइन्। लामो सयमदेखि निर्माणको योजनामा रहेको भवन विविध कारणले निर्माण सुरु हुन सकेको थिएन। आफू निर्वाचित भएर आउने बित्तिकै यसका कानुनी र व्यवहारिक समस्या सुल्झाएर ढकालले सो भवन शिलान्यास गरेकी हुन्।

२०७९ जेठ ३१ शिलान्यास गरिएको गरिएको यो भवनको लागत १० करोड ७१ लाख रुपैंया छ भने २७ महिनामा निर्माण सम्पन्न गर्ने तयारी छ।

यसैगरी आफ्नो चुनावी प्रतिवद्धता अनुसार वीरेन्द्रनगरवासीलाई खानेपानी सुविधा उपलब्ध गराउन मेयर ढकालले भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि नेपाल सरकारसँग सम्झौता गरेकी छन्।

२०७९ भदौ १६ मा नेपालगञ्जमा आयोजित कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडीबीच सम्झौता भएको थियो। नगरप्रमुख ढकालबीच सो खानेपानी योजना निर्माणको सम्झौता भएको हो।सम्झौता अनुसार अहिले प्रशासनिक कामहरु भइरहेका र अब चाँडै नै टेण्डर प्रक्रिया अघि बढ्ने बढ्न छ।

यस्तै, ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको लागत ६ अर्व रुपैयाँ रहेको छ। नगरको भौतिक विकासमा हामीले नयाँ नयाँ फड्को मार्ने लक्ष्यमा नगरपालिका रहेको छ।

नगरपालिकाले सामाजिक र जनसरोकारका हरेक विषय हाम्रो प्राथमिकतमा राख्दै वार्षिक कार्ययोजना अनुसार सबै कामलाई समयमै सम्पन्न गर्ने गरी नगरपालिका अघि बढेको छ।

तपाईको प्रतिक्रिया