सुशासनमा नागरिक सहभागिता

सुर्खेत । प्रदेश स्तरीय सुशासन अभ्यास सिकाई आदानप्रदान गरिएको छ। सहकर्मी समाज संस्थाको आयोजनामा सुर्खेतका वीरेन्द्रनगरमा कार्यक्रम गरिएको हो।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री, विभिन्न मन्त्रालयका सचिव,तीन जिल्लाका स्थानिय तहका जनप्रतिनिधि, सामुदायिक सञ्जालका सदस्यबीच सुशासन अभ्यास सिकाई आदानप्रदान गरिएको हो।

मन्त्री यज्ञबहादुर बुढाक्षेत्रिले प्रदेशमा सुशासनको बाटो देखाउने गैरसरकारी संस्था सरकारका सहयोगी भएको बताए। लक्षित वर्गमा पुगेर सचेतना फैलाउने काम भएको भन्दै सुशासन अभ्यास राम्रो रहेको बताएका थिए।

सामाजिक विकास समितिका पूर्व अध्यक्ष देवी ओलीले नागरिकमा सूचनाको पहूँच मुख्यमन्त्री तथा मन्त्रीपरिषदका सचिव आनन्द सारुले सूचनामा नागरिकको सहज पहुँचका लागि निति निर्माण गरी कार्यन्वयन भइरहेको जानकारी दिए।

उनले भने, ‘सुचनाको पहूँच नागरिकमा पुगोस भनेर सरल तरीकाले कार्य सञ्चालन गरिएको छ।’ सहभागिहरुले सूचनामा पहूचँ बढाउन क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया