
काठमाडौँ । फिफा अध्यक्ष जियोनी इन्फान्टिनोले कतार विश्वकपमा सहयोग गर्ने स्वंयसेवकहरूलाई धन्यवाद दिएका छन्।
फिफा अध्यक्ष इन्फान्टिनोले फिफा फ्यान फेस्टिभलमा बोल्दै विश्वकपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्। विश्वकपमा करिब २० हजार दक्ष तथा बहुभाषिक र उत्पेरित स्वंयसेवक संलग्न छन्।
उनले थपे, ‘तपाईंहरू विश्वकपभरिकै उत्कृष्ट स्वयंसेवक हो। तपाईंहरू सबैलाई मेरो मनैबाट धन्यवाद।’
विश्वकपमा स्वंयसेवकका लागि झन्डै ४ लाख जनाले आवेदन दिए पनि २० हजार जना मात्र छनोट भएका थिए।
स्वयंसेवकहरूले विश्वकपको अफिसियल र अन अफिसियल स्थानहरू, स्टेडियम, प्रशिक्षण स्थल, एयरपोर्ट, फ्यान जोन, होटल र सार्वजनिक यातायातमा सहयोग गरेका थिए।

नेपालीरैबार । २०७९ पुष १, शुक्रबार