कर्णालीका नागरीकलाई स्वास्थ्यको सर्वव्यापी पहुँचमा ल्याउन नीति

सुर्खेत । कर्णालीमा स्वास्थ्यको सर्वव्यापी पहुँच बाहिर रहेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य रणनीति तयार पारी सार्वजनिक गरिएको छ ।

बुधबार कर्णालीका प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक सञ्चारकर्मी र सरोकारवाला बीचको अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई पहुँच र उपभोगमा अभिवृद्धि गर्न स्वास्थ्य रणनीति तयार पारेकोे जनाएको हो ।

मन्त्रालयले तयार पारेको रणनीतिमा भौगोलिक विकटताका कारण पहुँच बाहिर रहेका समूदायमा स्वास्थ्य सेवाको पहुँच र उपभोगमा बृद्धि, आर्थिक अभावका कारण स्वास्थ्य सेवाको उपभोगबाट बञ्चित समुदायलाई मुल प्रवाहमा समावेश गर्दै सामाजिक, लैङ्गिक तथा सांस्कृतिक बाधा व्यवधानका कारण स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायसम्म पहुँच विस्तार गरी स्वास्थ्य सेवा प्रणाली सुदृढ र गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उल्लेख छ ।

यस्तै प्रदेशवासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा आकस्मिक स्वास्थ्य सेवाको पहुँच बृद्धि गरी सेवाको व्यवस्थापनलाई सुदृढ एवम प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवामा सीप मिश्रित जनशक्ति विकास र विस्तार, गुणस्तरीय औषधी तथा प्रविधिजन्य सामाग्रीमा पहुँच बृद्धि गर्न उत्पादन, आपूर्ति, भण्डारण तथा वितरण र प्रयोगमा जोड दिइएको छ ।

जनस्वास्थ्यको क्षेत्रमा प्रदेशको लगानीलाई बृद्धि र व्यवस्थित गरी व्यक्तिगत खर्च गर्नुपर्ने अवस्थाको न्यूनिकरण, व्यक्ति परिवार र समाजलाई परिचालन गरी स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गर्दै नसर्ने रोगको उपचारलाई आधारभूत स्वास्थ्य सेवास्तरदेखि नै व्यवस्थापन लगायतका नीतिहरु अवलम्बन गरिने सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले जनाए ।

कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिदै कणर्ाली प्रदेशमा भौगोलिक विकटताकै कारणले अझै पनि सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन नसकिएको जनाए ।

सबै नागरिकलाई स्वास्थ्य सहज सेवा पुर्‍याउन प्रदेश सरकार रातदिन लागि परेको बताउदै यसमा संघ र स्थानीय सरकारहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया