माओवादीले मंगलबार कर्णाली संसदीय दलको नेता चयन गर्दै

सुर्खेत । नेकपा माओवादी केन्द्रले मंगलबार कर्णाली प्रदेश संसदीय दलको नेता चयन गर्ने भएको छ। सोमबार संसदीय दलको बैठक बसेर संसदीय दलको नेता मंगलबार चयन गर्ने माओवादीले जनाएको छ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (ख)बाट निर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि उपाध्यक्ष कृष्ण्बहादुर जिसीले संसदीय दलको नेता चयनका लागि आज (सोमबमर) बैठक बस्ने जानकारी दिए।

जिसीका अनुसार बैठक कतिबेला बस्ने भन्ने विषयका समय तय भएको छैन्। तर, आजै बैठक बसेर भोली (मंगलबार) सम्ममा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलको नेता चयन गरिने भएको छ।

संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट दुई जनाको नाम चर्चामा रहेको छ। जसमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा २ बाट निर्वाचित सांसद विन्दमान विष्ट र रुकुम पश्चिम प्रदेश सभा २ बाट निर्वाचित सांसद राजकुमार शर्मा।

माओवादीले संसदीय दलको नेताका चुनाव नगरि सर्वसम्मत नेता चयनका लागि प्रयास थालेको छ।

यस्तै, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्ने, त्यसैअनुसारको छलफलमा लाग्ने माओवादी कर्णाली प्रदेशले जनाएको छ।

जिसीले कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताए। जिसीले भने, ‘हालसम्म सरकार निर्माणका लागि कुनै छलफल भएको छैन्। नेकपा माओावदी केन्द्र पार्टी कर्णाली प्रदेश कमिटिको बैठक बसेपछि छलफल हुन्छ। तर, पनि माओवादीकै नेतृत्वमा सरकार गठनका लागि पहल हुनेछ।’

यस्तै, सरकार गठनका लागि थप पार्टीको बैठक बसेर निर्णय गर्ने बताए। उनले भने, ‘पार्टीको बैठक बस्छ। पार्टीले निर्णय गरेपछि संसदीय दललाई निर्देशन गर्छ।’

नेपाली कांग्रेसले संसदीय दलको नेतामा जीवनबहादुर शाहीलाई चयन गरिसकेको छ। भने नेकपा एमालेले संसदीय दलको नेताका लागि कुनै सुरसार गरेको छैन्।

तपाईको प्रतिक्रिया