दैलेखमा टिप्पर दुर्घटनाहुँदा १ जनाको मृत्यु, २ घाइते

सुर्खेत । दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो।

दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टविन लिई दुल्लु नगरपालिकाको वडा नं ९ को कार्यालयल तर्फ जादै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुल्लु नगरपालिका–९ को गोविधारा नजिक टिप्पर अनियन्त्रित भई दुर्घटनामा पारेको हो।

उक्त दुर्घटनाबाट मृत्यु हुनेमा टिप्पर चालक दुल्लु नगरपालिका–३ सियालाका धनबहादुर बुढा रहेका छन्। उनलको उपचारको क्रममा दुल्लु अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

यस्तै, टिप्परमा सवार दुल्लु नगपालिका–२ का पुर्णबहादुर थापा र दुल्लु नगरपालिका–७ नगेन्द्र रावत रहेका छन । उनिहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया