बढ्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौँ  । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा पुगेको छ।

बुधबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ।

चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया