वीरेन्द्रनगरमा सौरव नाम बताउने बालक भेटिए

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा अपरिचित एक बालक भेटिएका छन्। आइतबार दिउँसो साढे १ बजेको समयमा बालक भेटिएका हुन्।

हरियो ज्याकेट लगाएका अन्दाजी ५ वर्षका बालक वीरेन्द्रनगर–७ यातायात कार्यालय नजिक भेटिएका विद्यार्थी नेता राजन रोकायाले जानकारी दिए।

उनका अनुसार आफ्नो नाम सौरव बताउने ती बालकले घर सुर्खेतनै भएको बताएका छन्। ती बालक रुदै बाटोमा हिँडिरहेको अवस्थामा भेटिएका र उनलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाईएको रोकायले जानकारी दिए।

तपाईको प्रतिक्रिया