काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। अर्थमन्त्री विष्णु पौडेलले एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको कार्यक्रमले न्यूनतम सुविधा प्रदान गर्ने उल्लेख गरेको छ।
न्यूनतम साझा कार्यक्रममा खर्च कटौती गर्दै जनताका न्यूनतम आवश्यकता पूरा गर्ने बताइएको छ। ६० वर्षभन्दा माथिकालाई सामाजिक सुरक्षा प्रदान गर्ने, रोडमा बस्नुपर्ने बाध्यता हटाउने उल्लेख गरिएको छ।
त्यस्तै रजस्वला हुने उमेर समूहका महिलालाई मासिक १ हजार भत्ता दिने जस्ता कार्यक्रम ल्याउने सरकारी तयारी छ।
यसबाहेक खर्च कटौतीलाई पनि सरकारले प्राथमिकता दिने भएको छ। विशेष अवस्थामा बाहेक संघ र प्रदेशमा नयाँ निकाय खोल्न रोक लगाइने अर्थमन्त्री पौडेलले बताएका हुन्।
राजस्व संकलनलाई प्रभावकारी बनाउने, सरल र सहज सरकारी सेवाको व्यवस्था गर्ने र लाइन बस्नु नपर्ने वातावरण बनाइने समेत बताइएको छ।
नेपालीरैबार । २०७९ पुष २५, सोमबार