कर्णालीको तेस्रो मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। बुधबार शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख तिलक परियाले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गरेका थिए।

सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गरेका हुन्।

जसमा कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेका छन्।

तपाईको प्रतिक्रिया