वीरेन्द्रनगरमा पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल फरार

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल फरार भएको छ। बिहीबार बिहान साढे ११ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर चोक नजिक ठक्कर दिएको हो।

प्रहरीका अनुसार आँखा अस्पतालबाट घण्टाघरतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्री वीरेन्द्रनगर नगरपालिका–१२ की ५० वर्षीया भुमिसरा पराजुलीलाई ठक्कर दिएको हो।

मोटरसाइकलले ठक्कर दिँदा भुमिसराको मुख, ढाँड र कोखामा चोट लागेको प्रहरीको भनाई रहेको छ। घाइते भुमिसराको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साथै प्रहरीले र फरार मोटरसाइकल र मोटरसाइकल चालकलाई खोजतलासी जारी रहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया