स्ववियु चुनाव चैत ५ मा गर्ने टीयूको निर्णय

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ५ गते हुने भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को पुस २२ को निर्णय अनुसार चैत ५ गतेलाई निर्वाचनको मिति तोकिएको त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ।

महाशाखाले चुनावको पूर्वतयारी गर्न गराउन समेत आग्रह गरेको छ। विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते चुनाव गराउन सिफारिस गरेको थियो।

२०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु चुनाव १४ वर्षपछि हुन लागेको हो। यो चुनावसँगै त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन्।

 

तपाईको प्रतिक्रिया