एमाले कर्णालीले टुंगायो सभामुखको उम्मेदवार

सुर्खेत । नेकपा एमालेले कर्णालीको सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ। शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो।

एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। भने उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।

एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन्।

तपाईको प्रतिक्रिया