कविता : हारेको प्रेम

म कतै न कतैबाट हारिरहेँ !
सबैथोक हर चिजबाट हारिरहेँ !!

आज प्रेममा हारेँ, हिजो नि हारेँ ,
अब त जित्ने आश मार्दै
मायाका छालहरूले किनार लगाउँदै
आशाहररू अलि पर छक्काउँदै भागि रहन्छन् !

अहिले पनि मन जलाउदै बसिरहछु
प्रेमका गुच्छाहरू फक्रन नपाउँदै

ऊ अरु कतैबाट धेरै बेरसम्म निमोठि रहेकिछे
मेरो मन यहाँ निकै बेरसम्म थला परिरहेको छ !

हे मेरि प्यारि माया
हार्न सिकिँरहेको मसँग एउटा मायाको खेल खेल्न आउँ
मलाई निकै बेरसम्म हराईरहुँ
मैले जित्न नपाउ, हारिरहुँ
आँसु खसिरहनु आँखा बन्द रहुन्जेलसम्म
सास रहनुन्जेल सम्म म हारिरहुँ
तिमीले मलाई हराईरहनु हैँ

दुई फरक बाटोबाट जोडिएका हामी
दोबाटो आउन्जेलसम्म नछुटिएका हामी
एक्लो नहुने भन्दै कसम खाएका बन्धनहरुले त हारे
मैले हारेँ अनि मेरो प्रेमले हार्यो
म कतै न कतैबाट हारिरहेँ !
सबै थोक हर चिजबाट हारिरहेँ !!

प्रेमको उच्च बिन्दुमा नपुग्दै,
आधार शिविर मै थला परेको मेरो प्रेम
निराशा र भारि मन लिएर आफ्नै गतव्यमा फर्किन
सम्बन्ध जोड्ने आशमा अघि बढ्न सकिन
निथुर्कै आशुमा डुबेर, सास निस्सासिदैँ
म निस्के त्यो दलदलबाट जहाँ
मलाई पुग्नु नि छैन्, जहा मलाई छुनु नि छैन

हारिरहेक‍ो मलाई फेरि जित्नु छैन !
म कतै न कतैबाट हारिरहेँ !!
सबै थोक हर चिजबाट हारिरहेँ
मेरि प्यारि मान्छे !

लेखक– दिप शिखर

तपाईको प्रतिक्रिया