सुर्खेतमा रगत चाहियो ? कर्णाली स्वयंसेवक दलद्वारा सञ्चालित एप चलाउनुहोस

सुर्खेत । कर्णाली स्वयंसेवक दलले केएसडी बल्ड एप सञ्चालानमा ल्याएको छ। कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले दलले सञ्चालनमा ल्याएको केएसडी बल्ड एपमा आजदेखि पूर्णरुपमा अपडेट भएको बताए।

अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा ईन्टरनेटको सुविधा जोडिए सँगै ब्लड एपले पूर्णरुपमा अपडेट हुने भएको जानकारी दिए।

उनले भने, ‘हामीले सुर्खेत जिल्लामा बिरामीहरुका लागि चाहिने रगत पाउन सहज होस भन्नकालागि यो एपको निर्माण र सञ्चालन गरेका थियौँ। तर पूर्णरुपमा अपडेट हुन नसकिरहेको अवस्थामा ब्लड बै‌ंकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो। जस्कालागि हामीले हाम्रो साझेदारी संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत समन्वयमा वर्ल्ड लिंकले सहुलियतमा इन्टर जडान गरिदिएपछि सहज भएको छ।’

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एप मार्फत छिटोछरितो तरिका रक्तदाताहरुको डाटा खोज्न सहज हुने बताए।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तरिकाले रक्तदाताहरूसँग सम्पर्क गर्न सकिने बताए।

एप डाउनलोड गर्न यो क्युआर कोडलाई स्क्यान गर्न सक्नुहुनेछ।

तपाईको प्रतिक्रिया