कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको आज (सोमबार माघ २) बस्ने भनिएको बैठक स्थगित भएको छ। पोखरामा भएको यती एयरको विमान दुर्घटनामा सरकारले सार्वजनिक बिदा दिएसँगै कर्णाली प्रदेश सभा बैठक स्थित भएको हो।

आइतबार काठमाडौंबाट पोखराको लागि ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको यती एयरको एटिआर ७२ जहाज पोखरा १५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो।

उक्त घटनाप्रति शोक व्यक्त गर्दै सोमबार (आज) बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

आजको बैठकमा उपसभामुखको चयन गर्ने कार्यतालिका रहेको थियो। सचिवालय जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया