सुर्खेतका आधिकारिक विक्रेताहरुको भेलाले गर्याे समिति गठन

सुर्खेत । सुर्खेतका आधिकारिक विक्रेताहरुको भेला सकिएको छ। वीरेन्द्रनगरमा भएको उक्त भेलाले कमलप्रसाद चालिसेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ।

उक्त समितिको उपाध्यक्ष्यमा बबिनकुमार थापा, सचिवमा श्याम पौडेल र कोषध्यक्षमा बिर्खबहादुर विष्ट चयन भएका छन्। यस्तै, भेलाले सदस्यहरूमा गणेश शर्मा ढकाल, रामचन्द्र चपाइ, रामकुमार चौधरी, रमेश गौली, लक्ष्मी थापा, गिता वली, सुरेश देवकोटा, सन्देश श्रेष्ठ, नवीन बस्नेत, शेरबहादुर खड्का, भवानीप्रसाद शर्मा गरि १५ सदस्यीष् समिती गठन गरेको छ।

साथै समितीले नयाँ समिति गठन गर्दै सुर्खेत स्थित आधिकारिक विक्रेताका विभिन्न समस्याका समाधान व्यापारिकका पीडा तथा गुनासोहरू सुन्दै ती गुनासाहरूको उचित व्यावस्थापन गर्नका लागि समिती गठन भएको समितिका प्रवक्ता गणेश शर्मा ढकालले जान्कारी दिए।

उनका अनुसार समितिले बैंकको चर्को ब्याजका विरुद्धमा आवाज उठाउने समेत काम गर्ने छ।

तपाईको प्रतिक्रिया