
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएकी छन्। उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन्।
रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन्।
राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन्।

नेपालीरैबार । २०७९ माघ ९, सोमबार