सन्दीपको मुद्दामा आज सुनुवाइ नहुने, पीडितका वकिलले सारे पेसी

काठमाडौँ ।  सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज (सोमबार) सुनुवाइ नहुने भएको छ। अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो।

तर जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएका हुन्। वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन्।

न्यायाधीश दाहालको इजलासमा मुद्दा छैटौँ नम्बरमा पेसी तोकिएको थियो। उक्त इजलासमा आजका लागि ७ वटा मुद्दा तोकिएको छ। पाला आए आजै फैसला हुने सम्भावना समेत थियो।

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ।

उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए।

तपाईको प्रतिक्रिया