वीरेन्द्रनगरबाट लागूऔषधसहित कालीकोटका प्रकाश पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहति कालीकोट प्रकाश बुढा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले सुर्खेतले आइतबार दिउँसो बुढालाई पक्राउ गरेको हो।

सादा पोशाकमा खटिएका ४ जनाको प्रहरी टोलीले कालीकोट सान्नीत्रिवेणी गाँउपालिका–२ का बुढालाई पक्राउ गरेको हो। कालीकोट घर भएका २४ वर्षीय बुढा वीरेन्द्रनगर–१२ तिनकुने बस्दै आएका थिए।

बुढालाई प्रहरीले वीरेन्द्रनगर नगरापालिका–१० स्थित बजारमा हिडिँरहेको अवस्थामा शंका लागी चेक जाँच गर्दा प्रहरीले लागूऔषध फेला पारेको थियो।

प्रहरीले प्रकाशको साथबाट शुद्व १०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र चार हजार १७० रुपैयाँ बरामद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया