दैलेखमा धारिलो हतियार प्रहार गर्ने गौरव योगी पक्राउ

सुर्खेत । दैलेखमा घर अगाडी बसिरहेको समयमा पुरुषलाई धारिलो हतियार प्रहार गर्ने गौरव योगी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखले नारायण नगरपालिका–१ पुरानो बजारका ३६ वर्षीया राजबहादुर सिंहलाई हतियार प्रहार गरी घाइते बनाएको भन्दै पक्राउ गरेको हो।

राजबहादुर आफ्नो घर अगाडि बसिरहको अवस्थामा २२ वर्षीय युवक गौरव योगीले एक्कासि आएर घाटी तिरको दाहिँने भागमा धारिलो हतियार प्रहार गरि घाइते बनाएका थिए।

घाइते राजबहादुरको जिल्ला अस्पताल दैलेखमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतको लागी रिफर गरिएको छ।

साथै उनको अवस्था गम्भीर हरेको प्रहरीले जनाएको छ। योगीलाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिई यनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया