
सुर्खेत । कालीकोटमा रूखबाट खसेर एकको मृत्यु भएको छ। जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–८ डाडुके बस्ने २४ वर्षीय छपेश सहकारीको रूखबाट खसेर मृत्यु भएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सहकारीको जंगलमा बाख्रालाई घाँस काट्न जाने क्रममा रूखबाट खसेर मृत्यु भएको हो।
प्रहरीले मृतक सहकारी सान्नित्रिवेणी गाउँपालिकाका स्वास्थ्य कार्यालयमा कार्यरत रहेको जनाएको छ।

नेपालीरैबार । २०७९ माघ १३, शुक्रबार