
सुर्खेत । सुर्खेतमा भएको जिल्लास्तरीय अन्तर विद्यालय ह्यान्डबल प्रतियोगिता–२०७९ सम्मपन्न भएको छ। शनिबार (माघ १४) गते सकिएको प्रतियोगितामा छात्रा र छात्रको फरक–फरक रुपमा सञ्चालन भएको थियो।
जिल्ला ह्यान्डबल संघ सुर्खेतले आयोजना गरेको उक्त प्रतियोगितामा छात्र तर्फ आदर्शराज मेमोरियल स्कुल भएको छ।
द्वितिय स्थान साउथ एसियन स्क्लर एकेडेमी र तृतीय स्थान शिव माध्यमिक विद्यालय लाटीकोइली बनेको छ।
यस्तै, छात्रातर्फ एसओएस हर्मन माइनर स्कुल प्रथम, द्वितिय पब्लिक एकेडेमी सेकेन्डरि स्कुल र तृतीय स्थान सनसाइन एकेडेमीले हासिल गर्न सफल भएको छ।
प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी र मेडल पुरस्कार वितरण गरिएकाे आयाेजकले जनाएकाे छ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष चन्द्रकुमार गिरी र कार्यक्रमको सभापतिको सिट जिल्ला ह्यान्डबल संघ अध्यक्ष महेन्द्र पुनमगरले ग्रहण गरेका थिए।

नेपालीरैबार । २०७९ माघ १४, शनिबार