लियो काउन्सिलले युवाहरुको क्षमतामा निखारता ल्याउने छ : ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले लियो जिल्ला काउन्सिलले युवाहरुको क्षमातामा निखरता ल्याउने बताएकी छन्। शनिबार वीरेन्द्रनगरमा भएको दोस्रो लियो जिल्ला काउन्सिल कार्यक्रममा नगर प्रमुख ढकालले युवाहरु परिवर्तनका संवाहक भएको यस अघिका इतिहासले सावित गरिसकेको पुष्टि गरिन्।

नगरप्रमुख ढकालले युवाहरुको चाहना र परिवर्तनले देशको राजनीति र शिक्षा क्षेत्रमा विशेषत क्रान्ति भएको र अब युवाहरू आर्थिक समृद्धिमा अगाडी बढ्नुपर्ने सुझाव दिइन्।

साथै उनले देशका महत्वपूर्ण विकास क्रममा युवाको अतुलनिय भूमिका रहेको र अहिलेको युवाको जागरण देशको भविष्यको भएकाले जहाँ आशा भरोसा र अपेक्षा हुन्छ त्यहा केही चुनौती हुने भएकाले सधैं सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने उल्लेख गरिन्।

यस्तै, नगरप्रमुख ढकालले युवाहरुले गरेका काम अभिव्यक्तिले समाजमा पर्ने सकारात्मक÷नकारात्मक प्रभावको बारेमा युवाहरू सचेत हुनुपर्ने देखिन्छ।

यस्तै, कार्यक्रममा लियो क्लबका सुर्खेत जिल्ला प्रमुख किरण किशोर सापकोटा लियो काउन्सिल सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार प्रकट गर्दै यस्ता कार्यक्रमले युवाहरुमा जागरण ल्याउने बताए।

साथै उनले लियो क्लबको मुख्य उदेश्य युवाहरुमा नेतृत्व सिपको विकास गर्ने र युवाहरुलाई हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने बनाउने रहेको बताए।

यस्तै, पहिलो पटक कर्णालीमा लियो क्लब अफ भैरबस्थानको आयोजनामा कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै लियो क्लब अफ भैरबस्थानको अध्यक्ष सुजिता रोकायाले यस कार्यक्रमले युवाहरुमा लियो क्लबबारे सकारात्मक सन्देश गएको बताइन्।

कार्यक्रममा विभिन्न लियो क्लबबाट उत्कृष्ट कार्यसम्पादन गर्ने पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो।

विभिन्न लियो क्लबका प्रतिनिधिहरुको सहभागितामा लियो क्लब अफ भैरवस्थानको आयोजनामा लियो काउन्सिल कार्यक्रम गरेको थियो।

देशभरका विभिन्न लियो क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया