सुर्खेतको इत्राम खोलाको पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ।

उनी वीरेन्द्रनगर १० मा बस्दै आएका थिए। यो घटनाका बारेमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया