पञ्पुरीका नगरप्रमुख भण्डारीद्वारा एक लाखको अक्षय कोषको स्थापना गर्ने घोषणा

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले एक लाख एक रुपैयाँको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका छन्। नगर प्रमुख भण्डारीले एक सार्वजनिक कार्यक्रममा बोल्दै एिक एक लाख एक रुपैयाँ बराबरको अक्षय कोषको निर्माण गर्ने घोषणा गरेका हुन्।

नगर प्रमुख भण्डारीले पञ्भपुरी नगरपालिका–९ मा रहेको विद्यापुर जनता बहुमुखी क्याक्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि खर्च गर्ने बताएका छन्।

साथै भण्डारीले क्यम्पसमा अध्ययनरत अशाय, टुहुरा, गरिवि र जेहनदार विद्यार्थीहरुको लागि अक्षय कोषको निर्माण गरिने जनाएको हुन्।

नगरप्रमुख भण्डारीका अनुसार प्रत्येक वर्ष एक लाख रुपैयाँ उक्त अक्षय कोषमा जम्मा गर्ने पनि प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया