गाँजा चरेस कसुरमा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जुम्लाबाट प्रहरीले गाँजा चरेस कसुरमा फरार प्रतिवादी पक्राउ गरेको छ। बुधबार बिहान साढे १० बजेको समयम जुम्लाको चन्दनाथ नगरपालिका–८ रोकायावाडाबाट पक्राउ गरेको हो।

प्रकाउ पर्नेमा सोही पालिकाका ३८ वर्षीया धनबहादुर रोकाया रहेका छन्।

रोकायालाई गाँजा चरेस कसुरमा बाँके जिल्ला अदालतको २०७२ भदै ६ गतेको आदेश फैसलाले १० महिना ६ दिन कैद सजाय तोकेको छ।

रोकायालाई ४ जनाको प्रहरी टोलिले उनको घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ।

साथै रोकायालाई जुम्ला जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया