जाजरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु

सुर्खेत । जाजरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ ५ बजेको समयमा भीरबाट लडेर मृत्यु भएको हो।

मृत्यु हुनेमा कुशे गाउँपालिका–४ तम्ती बस्ने अन्दाजि ३१ वर्षीय अम्मरबहादुर शाही रहेका छन्।

प्रहरीका अनुसार उनि कुशे गाउँपालिका–६ पिप्सेमा रहेकाे ससुराली घरबाट आफ्नो घरतर्फ फर्कने क्रममा पिप्से भीरबाट लडेका थिए।

भीरबाट अन्दाजि २०० मिटर तल खस्न अम्मरबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया