२० बर्ष कैद सजायका अभियुक्त १४ बर्षपछि पक्राउ

सुर्खेत । प्रहरीले २० बर्ष कैद सजाय भएको कर्तव्य ज्यान मुद्धाको फरार अभियुक्तलाई १४ बर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले उक्त अभियुक्तलाई पक्राउ गरेको हो।

प्रहरीलाई आएको गोप्य सुचनाको आधारमा मंगलबार  दिउँसो करिब ४ बजेको समयमा रुकुम पश्‍चिम जिल्लाको मुसिकोट नगरपालिका–१ का ३१ वर्षीया अगविर खत्री (अतिराम)लाई पक्राउ गरेको छ।

खत्रीलाई २०६५ साउन १६ गते ज्यान सम्बन्धी कसूर कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकेपछि उनि फरार भउका थिए।

खत्रीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि बुधबार रुकुम पश्चिम प्रहरीले रुकुम जिल्ल अदालतमा उपस्थित गराएको छ।

तपाईको प्रतिक्रिया