
सुर्खेत । सुर्खेतमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–६ मा रहेको एक खोलाको बीचभागमा पानीमा डुबेर एक जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा सोही वडाका २२ वर्षीया दिपक सुनार रहेका छन्।
मृतक दिपकको शव बिहीबार दिउँसो ३ बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी मेहलकुना अस्पतालमा रहेको शव गृहमा राखिएको छ।
दिपकका आफन्ताले प्रहरीलाई बताए अनुसार उनी शारीरिक रूपमा अशक्त रहेका थिए।

नेपालीरैबार । २०७९ माघ १९, बिहीबार