कालीकोटमा भीरबाट लडेर एकजनाको मृत्यु

सुर्खेत । कालीकोटका भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–११ बडालकोट ४१ वर्षीया नवराज शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शाही कालीकोटकै सान्नित्रिवेणि गाउपालिका–२ रकुतर्फ बाख्रा किन्न भनेर जादै गर्दा लडेका हुन्।

शाही सान्नित्रिवेणी गाउँपालिका स्थित ढल्ने भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा २ जनाको टोली खटिएको छ।

तपाईको प्रतिक्रिया