साढे १ लाख बराबरकाे अवैद्य कुर्ता सुरुवाल र कस्मेटिक सामानहरु प्रहरीद्धारा जफत

सुर्खेत । सुर्खेत प्रहरीले अवैद्य रुपमा भित्र्याउन खोजिएका कुर्ता सुरुवाल र कस्मेटिक सामानहरु जफत गरेको हो ।

भेरिगंगा नगरपालिका–१ टोलीखोलास्थित रत्न राजमार्गबाट साढे १ लाख बराबरका अवैद्य सामानहरु नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको बा.३ ख४०९८ नं. को फोर्स गाडीबाट ८८ हजार ५ सय बराबरको ५९ वटा कुर्ता सुरुवाल ठुलो पिस ७ हजार बराबरको कुर्ता सुरुवाल सानो पिस र ५० हजार बरारबरको कस्मेटिक सामानहरू नियन्त्रमा लिइएको छ ।
ती सामनहरुको कुनैपनी बिल नभएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको सामग्री ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया