कर्णाली प्रदेशको प्रवक्ता कानूनमन्त्रीलाई तोक्ने निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई तोकिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले सरकारको प्रवक्ताको जिम्मेवारी कानून मन्त्री जिसीलाई दिने निर्णय गरेको हो।

वैठकले २०७९ फागुनदेखि मन्त्रिपरिषद्को वैठक प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार दिउँसो ४ बजे बस्ने निर्णय पनि गरेको छ।

यस्ता छन्, वैठकका निर्णयहरु 

तपाईको प्रतिक्रिया