प्रादेशिक सडक सुरक्षा काउन्सिल गठनमा जोड

सुर्खेत । कर्णाली प्रदेशका सडक तथा यातायात सुरक्षाका लागि प्रादेशिक सडक सुरक्षा काउन्सिल गठन गरिनु पर्नेमा जोड दिइएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयद्वारा गठित रोड सेफ्टी काउन्सिलको आयोजना तथा नेपाल अटोमोवाइल एसोसियसन (नासा नेपाल)को संयोजनमा कर्णाली प्रदेश स्तरिय सडक सुरक्षा जनचेतनामुलक कार्यक्रमका सहभागीहरुले काउन्सिल गठनमा जोड दिएका हुन्।

संघीय सरकारको सडक सुरक्षा योजना, प्रादेशिक सरकारको योजना लगायत पेशागत समूदायको जिम्मेवारीका विषयमा बृहत छलफल गरिएको हो।

कार्यक्रममा बोल्दै कर्णालीका भौतिक पूर्वाधार मन्त्री मंगलबहादुर शाहीले संघीय मन्त्रालयले शुरुवात गरेको अभियानलाई प्रदेश सरकारले ऐक्यबद्धता व्यक्त गर्दै दिगो विकासलाई यस विषयमा जोड्नु पर्ने जोड दिए।

यस्तै, नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले यातायात र सडक सुरक्षाका तथा नासाकै संयोजक भगवती सेढाईले पेशागत समूदायको संलग्नता र मोटरसाईकल सुरक्षाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागीहरुले काउन्सि गठनका लागि दबाब दिन कर्णाली प्रदेशस्तीय संयन्त्र गठन गरिएको छ। मध्यपश्चिम विश्व विद्यालयले सचिवालयको कार्या गर्ने गरी सुरेन्द्र शाही, श्यामलाल आचार्य, पंख मल्ल र क्रृषि गिरी रहेको र धिरेन्द्र शाही रहेको कार्यासमूह समेत निर्माण गरिएको छ।

यस्तै, मध्यपश्चिम विश्वविद्यालयको आतिथ्यता र नेशनल फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपालसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमका अध्यक्ष प्रा.डा सुदीप ठकुरीले १३ बुँदे सुर्खेत घोषणा–पत्र सार्वजनिक गर्दै कार्यक्रमको समापन गरेका थिए।

तपाईको प्रतिक्रिया