विपद व्यस्थापनमा सशस्त्र प्रहरीको योगदान अतुलनिय ः कानुन मन्त्री जिसी

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बलको योगदान अतुलनीय रहेको बताएका छन् ।

बिहिवार सुर्खेतको बाङ्गेसिमल स्थित सशस्त्र प्रहरी बल नम्बर ६ बाहिनीको विपद व्यवस्थापन संग सम्बन्धीत पूर्व कार्य योजनाको निरिक्षण गर्दै मन्त्री जिसीले कर्णाली प्रदेशमा विपद तथा उद्दार कार्यमा सशस्त्र प्रहरी बल नेपालको प्रशंसनिय योगदान रहेको बताएका हुन् ।

उक्त अवसरमा मन्त्री जिसीले विपद व्यवस्थापन कार्यमा प्रयोग हुने उपलब्ध सामाग्रीको अवलोकन गरे। अवलोकनका क्रममा उपलब्ध तथा अपुग सामाग्री बारे जानकारी लिदै उनले विपद व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायका सबै अंगहरु संग समुन्वय तथा सहकार्य गर्ने बताए।

कर्णाली प्रदेश सरकारले विपद व्यवस्थापनमा आवश्यक हुने स्रोत साधनलाई परिपुर्ति गर्न आवश्यक पहल गर्ने भन्दै जिसीले विपदमा नागरिकको उद्धार तथा उचित व्यवस्थापन गर्ने दायीत्व सरकारको भएकाले यस सम्बन्धी विशेष योजनाका साथ काम गर्न योजना ल्याउन लागिएको जानकारी दिए।

कर्णाली प्रदेशमा शान्ति सुरक्षा तथा विपद व्यवस्थापनको पूर्व तयारीका बारेमा सुरक्षा निकायसंग समन्वय गर्दै अवस्था अध्ययन गरे पश्चात योजना निर्माण गरिने उनले बताए ।

सो अवसरमा सशस्त्र प्रहरी नम्बर ६ बाहिनी पति प्रदिप कुमार पालले जनताको सेवाका लागि सशस्त्र प्रहरी बल हरपल हाजिर रहेको बताए । उनले विपद व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बलले सिमित स्रोत साधनको बिचबाट पनि चुनौतीपूर्ण कार्यगर्दै आएको भन्दै दक्ष जनशक्ति र प्रविधियुक्त स्रोत साधनको उपलब्धता भए अझै कुशलता पूर्वक कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया