
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी महोत्सब आज आठौँ दिनमा प्रवेश गरेको छ। ‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खौलौँ, औधोगिकरणमा सबै जुटौँ’ भन्ने मुल नाराका साथ माघ २० गते बाट सुरु भएको हो।
आज (शुक्रबार) हुने महोत्सबमा चर्चित बालगायक सुप्रिम मल्ल ठकुरी, गायक हेमन्त शर्मा, सुनिता बुढा लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ।
औधोगिक व्यापार, कृषि, नविनतम, प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७९ उक्त महोत्सबमा स्थाीय कलाकारको बेजोड प्रस्तुतीका साथै जुम्बा डान्स शो, स्कुल स्तरीय डान्स प्रतियोगिता पनि भइरहेका छन्।
यो महोत्सब नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश, सुर्खेतले आयोजना गरेको हो।

नेपालीरैबार । २०७९ माघ २७, शुक्रबार