बसपार्क दुर्घटना : आफन्तद्वारा टायर बालेर आन्दोलन शुरु

सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले विहानैदेखि आन्दोलन शुरु गरेका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् ।

उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तहरु आन्दाेलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छाेटाे तथा लामाे दुरीका सवारी साधन ठप्प छन् । दुर्घटनामा मृत्य भएकी रावत हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखाेलामा बस्दै आएकी थिइन् । उनकाे शव पाेष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालकाे पाेष्टमार्टम गृहमा राखिएकाे छ ।

तपाईको प्रतिक्रिया