सुर्खेत बसपार्क समितिको आक्रमणबाट पत्रकार थापा घाइते

सुर्खेत । सुर्खेत बसपार्क समितिका युवाहरुले पत्रकारलाई कुटपिट गरेका छन्। समाचार संकलनका लागि बसपार्क पुगेका पत्रकार बलबहादुर थापालाई समितिका युवाहरुले कुटपिट गरेका हुन्।

पत्रकार थापा लाइकाखबर डटकमका सञ्चालक हुन्।

आइतबार दिउँसो सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलन गरेका थिए। आइतबार रातीदेखि भएको आन्दोनका सोबार बिहानदेखि पुनः मृतकका आफन्त र बसपार्क समितिबीच लफडा भएको थियो।

त्यहीँ क्रममा प्रहरीसँगै पत्रकार थापा समाचार संकलनका लागि बसपार्क पुगेका थिए। आफन्तहरुले गरेको आन्दोलनको भिडियो खिच्दै गरेका पत्रकारहरुलाई बसपार्क समितिका केही व्यक्तीहरुले भिडियो किन खिचेको भन्दै धम्काएर हातपात गरेका थिए।

हातमा क्यामेरा समातेको देखेर पत्रकार थापालाई समितिका एक जना रातो ज्याकेट र कालो पाइन्ट लगाएका व्यक्तीले कोको कोलाको बोत्तलले टाउँकोमा हानेको भिडियोमा देख्न सकिन्छ।

घाइते पत्रकार थापाको टाउँको चोट लागेको छ। भने उनको माया नसिङ्ग होममा उपचार भइरहेको छ।

 

https://www.facebook.com/su.kkb/videos/765389301175757

 

तपाईको प्रतिक्रिया