जनयुद्ध दिवसको अवसरमा क्याम्पसको प्राङ्गण सरसफाइ तथा चियापान

सुर्खेत । २८ औँ जनयुद्ध दिवसको अवसरमा क्याम्पसको प्राङ्गण सरसफाइ तथा चियापान कार्यक्रम गरिएको छ। सोमबार सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको विद्यापुर जनता बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम गरिएको हो।

नेकपा (माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटीको आयोजना र अखिल (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पसको संयोजनमा महान जनयुद्ध दिवसको अवसर पारेर उक्त कर्यक्रम गरिएको नगर कमिटी अध्यक्ष केशव शाहीले जानकारी थिए।

साथै अध्यक्ष शाहीले क्याम्पस प्राङ्गणको सरसफाइ तथा चियापान कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण सहयोग गर्ने क्याम्पस प्रशासन, विद्यार्थी लगायत उपस्थित सम्पुर्ण नेताकार्यकर्ताहरुलाई धन्यवाद समेत व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया