कर्णाली प्रदेश समाज जापान क्षेत्रिय समिति कान्साईको संयोजकमा कार्की

सुर्खेत । कर्णाली प्रदेश समाज जापान क्षेत्रिय समिति कान्साईको संयोजक केशव कार्की चयन भएका छन्। आइतबार भएको द्रोसो अधिवेशनले कान्साईको संयोजकमा कार्कीलाई सर्वसम्मत रुपमा चयन गरेको हो।

उप–संयोजकमा प्रमोद रेग्मी, राम ढकाल ,रवीन्द्र शाही, सचिवमा हरि खड्का, सह–सचिवमा दिपेन्द्र अधिकारी र राजेन्द्र सञ्ज्याल चयन भएका छन्।

यस्तै, कोषाध्यक्ष धुर्ब बुढा, सह–कोषाध्यक्ष खेमराज थापा, सदस्यहरुमा सुमन सिंह, शेरबहादुर बडुवाल, दिनेश पुन मगर, खिम न्यौपाने, गृष्मा शाही, खगीसरा बस्नेत, वसन्त अधिकारी र सुनीता खड्का सर्वसम्मत चयन भएका छन्।

कर्णाली प्रदेश समाज जापानका महासचिव ईन्द्रजीत अधिकारीले सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता सुमन सिंहको रहेको थियो भने कार्यक्रममा ओसाकाको उपलब्ध ब्यक्तिहरुको आथित्यता रहेको थियो।

तपाईको प्रतिक्रिया