
सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनाेदकुमार शाहले `मिसन ग्रासरूट´ अभियानले एमाले पार्टी बलियाे बन्ने बताएका छन्। साेमबार नेकपा एमाले आठबीस नगर कमिटी दैलेखले आयोजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन्।
उक्त स्वागत कार्यक्रममा बाेल्दै अध्यक्ष शाहले नेकपा एमालेले थालेकाे दुई महिने अभियान मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)लाई साथ दिन नेताकार्यकर्तालाई अनुरोध गरे।
उनले भने, `तपाईंहरु नेपका एमालेले थालेको यश अभियानमा जुट्नुहाेस्, यस अभियानले गत बैशाखमा भएको स्थानीय तहकाे निर्वाचन र मंसिरमा भएको आम निर्वाचनमा पार्टी भित्रै भएका अन्तरविराेध पत्ता लगाउने छ।
कहाँ नजिक कमिकमजाेरी छन्। पत्ता लगाउने छ। र त्यसको समाधान सँगै पार्टीलाई बलियाेका साथै जवान बन्ने छ।´ यस्तै, शाहले मिसन ग्रासरूटका लागि केन्द्रीय प्रतिधिनिकाे रूपमा अन्तर जिल्ला र प्रदेश प्रतिनिधिकाे हकमा अन्तर पालिका र वडामा गरेर प्रतिनिधि खटाइएकाे बताए।
साथै अध्यक्ष शाहले नेता तथा कार्यकर्तालाई मिसन ग्रासरूट सम्बन्धि अभिमुखीकरण समेत दिएका थिए। यस्तै, प्रदेश अध्यक्ष समेत रहेका शाह कर्णाली प्रदेशको आर्थिक मामिला तथा याेजना मन्त्री भएपछि पहिलाे पटक आफ्नाे निर्वाचन क्षेत्रका जनतालाई भेटघाट समेत गरेका थिए। मन्त्री शाहीलाई एमाले आठबीस नगर कमिटी अध्यक्ष अम्मरबहादुर माझीले विभिन्न मागहरू सहितकाे मागपत्र दिएका छन्।

नेपालीरैबार । २०७९ फाल्गुन ९, मंगलवार