अर्थमन्त्री शाहद्धारा जिल्ला प्रहरी कार्यालय दैलेखको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले जिल्ला प्रहरी कार्यालय दैलेखको अनुगमन गरेका छन्।
मंगलबार मन्त्री शाहलाई जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले अनुगमन गराएका हुन्।

मन्त्री शाहले जिल्ला प्रहरी कार्यालय भित्र रहेका विभिन्न फाँटहरुसँगै, पुरुष हिरासत लागयतको अवलोकन गरेका थिए।

अवलोकनको क्रममा मन्त्री शाहले जिल्ला प्रहरी कार्यालयको अवस्था नाजुक रहेको बताए। उनले भने, ‘यहाँ बरु हिरासतमा बसेकाहरुको अवस्था राम्रो रहेछ। तर, प्रहरी जवानहरुको बसाई व्यवस्थापनको अवस्था
राम्रो देखिएन्।’

यस्तै, मन्त्री शाहले भवन अभावका कारण प्रहरीहरुको बसाई व्यवस्थापनमा समस्या भएकोले नयाँ भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट गर्न सकिने सहयोग गर्ने बताए।

तपाईको प्रतिक्रिया