यसअघि भुकम्प गएकाे बाजुरामा पुन: भुकम्पकाे धक्का

सुर्खेत ।  यसअघि भुकम्प गएकाे बाजुरामा पुन: भुकम्पकाे धक्का महसुस गरिएकाे छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरामा आज दिउँसाे १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे ।

बाजुरा जिल्लाकाे पान्डी भन्ने स्थानमा ५.२  म्याग्निच्युडको भुकम्प गएकाे  को भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएकाे छ । छिमेकी जिल्‍ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पबाट भएकाे क्षतिकाे हालसम्म कुनै जानकारी सार्वजनिक भएकाे छैन् । गत माघ १० गते बाजुरा जिल्लाकाे विञ्छया केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्प गएकाे थियाे ।

उक्त भुकम्पमा परेर एक जनाको ज्यान गएको थियो । त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया