बैकिङ कसुर मुद्दाका फरार बोहरा यरिचाेकबाट पक्राउ

सुर्खेत । सुर्खेत जिल्ला अदालतले बैकिङ कसुर मद्दामा कैद फैसला तोकिएका फरार एक व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–७ सुर्खेतका ५१ वर्षीय भीमबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।


अदालतले बोहराले बैकिङ कसुरा गरेको मुद्दामा सात दिन कैद तीन लाख जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । बोहरालाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले यरिचोकबाट पक्राउ गरेको शाहीले बताए । उनकाअनुसार बोहरालाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।

तपाईको प्रतिक्रिया