शिक्षाका लागि राष्ट्रिय अभियानको प्रदेश संयोजकमा कँडेल

सुर्खेत । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) को कर्णाली प्रदेश समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा भुपेन्द्र कँडेल चयन भएका छन् ।

बिहीवार वीरेन्द्रनगरमा सम्पन्न एनसीईको दोस्रो साधारणसभाले नौ सदस्यीय समन्वय समिति गठन गरेको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय महासचिव सुर्दशन सिग्देल र केन्द्रीय सदस्य दुर्गा गिरीको उपस्थितीमा सम्पन्न भेलाले कर्णाली समन्वय समिति सर्वसम्मत चयन गरेको छ ।

सभाले कर्णाली प्रदेश समन्वय समितिको सह-संयोजकमा जाजरकोटका खम्बजंग शाह र सचिवमा दैलेखका हिक्मतबहादुर नेपालीलाई चयन गरेको छ । यस्तै, कोषाध्यक्षमा दैलेखकी रजनी योगी चयन भएकी छन् । सदस्यमा मुगुका टेकबहादुर शाही, जुम्लाका नौरते नेपाली र सुर्खेतकी देवी पौडेल, जाजरकोटकी जमुना पन्त र कालिकोटकी निर्मला विष्टलाई चयन गरिएको छ ।

प्रदेशभरका ६ वटा जिल्लामा (एनसीई)ले काम गदैँ आइरहेको छ । बाँकी चार जिल्लामा (एनसीई) को समिति विस्तार गरेर कार्यक्रम थप्ने योजना रहेको जनाइएको छ । प्रदेशमानयाँ सरकार, शिक्षालाई प्राथमिकता विषयक प्रदेशस्तरीय छलफलसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया