मिनी ट्रककाे ठक्करबाट गम्भीर घाइते एक जनाकाे मृत्यु

सुर्खेत । ट्रकको ठक्करबाट गम्भीर घाइते एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११ का कृष्ण चौधरी छन् । उनलाई वीरेन्द्रनगर–१० स्थित घुस्रा जाने सडककाे बामेखोलाबाट तिनकुनेतर्फ आउँदै गरेको भे १ ख १५२८ नम्बरकाे मिनी ट्रकले साेमबार विहान ठक्कर दिएको थियाे ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर १० का बुद्धिराम थारु गम्भीर घाइते भएका छन् ।

उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । घटनापछि ट्रक चालक जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं। १० बस्ने बर्ष ३६ को रवि सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया