अनेरास्ववियु मगर विद्यार्थी संघसँग सहकार्य गर्न तयार : गणेश शाही

सुर्खेत । अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पसका स्ववियु सह–सचिव गणेश शाहीले नेपाल मगर विद्यार्थी संघसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। बुधबार मगर विद्यार्थी संघले सुर्खेत बहुमुखी क्याम्पस कमिटीले गरेको कार्यक्रमका बोल्दै शाहीले यस्तो बताएका हुन्।

उक्त कार्यक्रममा विद्यार्थी नेता शाहीले विद्यार्थीहरुमा आउँने हरेक समस्याहरुको समाधानका लागि अनेरास्वयिु निरन्तर लागि पर्ने दाबी गरे। साथै उनले नेपाल मगर विद्यार्थी संघलाई अनेरास्ववियुको आवश्यक परेको खण्डमा जुनसुकै बेला पनि तयार भएर सहकार्य गर्न तयार रहेको बताए।

मगर विद्यार्थी संघले वी.एड र वि.विएस. प्रथम वर्षमा भर्ना भएका नव आगुन्नतक विद्यार्थी स्वागत तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया