चन्दननाथ-२ मा एमालेको ‘मिसन ग्रासरुट’

जुम्ला । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडामा कार्यकर्ता भेला तथा वडा कमिटी पुनर्गठन गरेको छ।

वडा कमिटीका अध्यक्ष बलबहादुर भण्डारीको अध्यक्षतामा आयोजित भेलाले हरिबहादुर भण्डारीको नेतृत्वमा नयॉ कमिटी गठन गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दक्षिणपन्थी कांग्रेसको सेवा गर्ने वामपन्थी नामधारीबाट कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्नेबताए।

भेलामा जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश सचिवालय सदस्य गोर्ख पेछाईलगायत नेताहरुले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया