मुगु : कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु

मुगु । कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–१३ रुगाका अन्दाजी ४५/४६ वर्षीया मानबहादुर लावडको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मानबहादुर छायाँनाथ रारा नगरपालिका–१३ रुगा स्थित रहेको कर्णाली नदीमा बालुवा लिन गएका थिए।

उनि त्यहीँ बालुवा लिन गएको समयमा पानी खान जाने क्रममा चिप्लिएर कर्णाली नदीमा डुबेको प्रहरीको भनाई रहेको छ।

मानबहादुर नदीमा डुबेपछि स्थानियले देखेपछि तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया